नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

Share:

काठमाडौँ । नेपालमा थप २३२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै अछामका ३७ र सप्तरीका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६/६ जनाको रिपोर्ट पनि पोजेटिभ आाएको छ ।

बाँके र झापाका ५/५ जना, रुपन्देही र नवलपरासीका ४/४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३/३ जना, प्युठान र रोल्पाका २/२ जना तथा दैलेख, इलाम, स्याङजा र तनहुँका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: