नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप एकजना कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती व्यक्तिको काठमाडौंमा उपचारका क्रममा असार १७ गते मृत्यु भएको हो। क्षयरोगका बिरामी उनी असार १४ गते काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनको असार १८ गते कारोना पुष्टि भएको थियो ।

योसँगै नेपालमा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज मात्रै गोरखा पालुङटारका ४४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: