गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

Share:

गोरखा । गोरखामा आज (शनिबार) मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ को सीमा क्षेत्र लुदी खोला दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो । तर स्थानीयवासीले बस्ती नजिक परेको भन्दै विरोध गरेका छन् ।

१० घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार विहान मृत्यु भएको थियो । उनी मधुमेह पीडित थिए ।

कमेन्ट गर्नुहोस्
Share: