लायन्स क्लव अफ पोखरा स्मार्ट टाउनको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम

Share:

पोखरा । लायन्स क्लव अफ पोखरा स्मार्ट टाउनको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम हालै सम्पन्न भएको छ । क्लवका संस्थापक तथा २०१९ र२०२० का अध्यक्ष कबिताश्रेष्ठ ले २०२० र २०२१ का अध्यक्ष लक्ष्मी शर्मालाई पद हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अथिति लायन्स क्लव ईन्टरनेशनल ३२५ बि १ का को चिफ एडभाईजर सुचित्रा थापाले स्मार्ट टाउन डिस्ट्रिक कै उत्कृष्ट क्लब रहेको र अन्य क्लबले पनि उक्त क्लबको अनुसरण गर्नुपर्ने बताइन् । कार्यक्रममा बोल्दै थापाले छिटो समयमानै क्लबले गरेका सामाजिक कार्य प्रभावकारी रहेकोमा जोड दिइन् ।

संस्थापक अध्यक्ष कबिता श्रेष्ठले नयाँ कार्यसमितिलाई शुभकामना दिंदै आगामी दिनमा पनि क्लवको काममा आफु सक्रिय भएर लाग्ने बताइन् । उनले क्लवलाई उत्कृष्ट बनाउन सहयोग गर्नुहुने सबैलाई आभार व्यक्त गरेकी थिइन् ।

सो अवसरमा संस्थाका सचिब पवित्रा शर्माले वर्ष भरी गरिएका कार्यहरुको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष लक्ष्मी अधिकारीलाई आय ब्यय सहितको आर्थिक विवरण प्रस्तुत गरेकी थिइन् ।

२०२० र २०२१ का अध्यक्ष लक्ष्मी शर्माले अग्रजको सल्लाह लिएर क्लवलाई उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा डिष्ट्रिक्ट चिफ एडभाईजर ठाकुरप्रसाद अधिकारी, क्लष्टर चिफ लक्ष्मी बराल, जोन चियरपर्सन सुरेन्द्र पौडेल लगायतले बोलेका थिए । कोरोनाको बिषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त कार्यक्रम जूम मार्फत अनलाईन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: