थप १८० जनामा कोरोना पुष्टि, २६४ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप १८० जनामा कोरोना (कोभिड–१९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज सबैभन्दा धेरै काठमाडौँका २४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरका २० जना, लम्जुङका ११, जनाभक्तपुरका १०, कैलाली, कास्की र सप्तरीका ८/८ जना, गोरखाका ७ जना, बाग्लुङ, सर्लाही र रौतहटका ६/६, जना, झापा, मकावनपुर, डडेलधुरा र नवलपरासीका ५/५ जना, पाल्पा, प्युठान, चितवन र काभ्रेपलान्चोकका ४/४ जना, सिराहा, खोटाङ, ओखलढुङ्गा र सिन्धुपाल्चोकका ३/३ जना, सुनसरी, दाङ, सिन्धुली र दोलखाका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धादिङ, बारा, जाजरकोट, जुम्ला, नवलपरासी पूर्व, शङ्खुवासभा, ताप्लेजुङ, अर्घाखाँची, उदयपुर र नुवाकोटका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ जना पुगेको छ।

२६४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म ६ हजार ८ सय ११ जना उपचारपछि निको भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: