पोखरामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

Share:

पोखरा । पोखरामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

गए राति पोखरा महानगरपालिका–५ जिरो किलोमिटरस्थित कालिका पेट्रोल पम्प अगाडि लु ५९ प ८७८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानमा बस्ने ५१ वर्षीया रुपा सिंहको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएकी सिंहलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घटनामा मोटरसाइकल चालक १९ वर्षीय नारायण प्रसाद आचार्य पनि घाइते भएको र रिजन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: