पोखरामा एक महिला मृत अवस्थामा फेला

Share:

पोखरा । पोखरामा सोमबार एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा महानगरपालिका–३२ बडहरेकी ४० वर्षीया रुपा सार्की सोमबार बिहान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतक आइतबार राति मादक पदार्थ सेवन गरेर सुतेकोमा आज बिहान उनका श्रीमानले उठाउन जाँदा मृत अवस्थामा फेला परेको जनाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: