
पोखरा । कास्कीको माछापुच्छ्रेमा आफैले चलाएको ट्याक्टर खसेर किच्दा चालकको मृत्यु भएको छ ।
मङ्गलबार बिहान ८ः१५ बजे कास्की माछापुच्छ्रे गाउँपालिका–४ बाटुलेथरमा खेत जोतेर फर्केको ट्याक्टर सडकबाट खस्दा च्यापिएर सोही स्थानका ४५ वर्षीय रामचन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग १ त २२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडक देखि ५ मिटर तल खसेको थियो ।
ट्याक्टरले च्यापेर घाइते भएका अधिकारीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएकोमा उपचारका क्रममा अस्पताल मै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यायल पोखराले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
