
काठमाडौँ । नेपालमा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रलयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज सबैभन्दा धेरै बाजुराका ५४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौँ १४ अछाम र बैतडीका ११/११ जना, ललितपुर १०, महोत्तरीका ९, अर्घाखाँचीका र धनुषाका ८/८ जना, डोटीका ७, डडेलधुराका र मोरङका ६/६ जना, रुकुम पश्चिम, सल्यान, नवलपरासीका ५/५ जना, सप्तरी र भक्तपुर ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गरी दाङ, सुर्खेत, गोरखा, सुनसरी र सर्लाहीका ३/३ जना, तनहुँका,पाल्पा, मकावनपुर र बर्दीयाका २/२ जना, झापाका, कास्की, बाग्लुङ,रुकुम पूर्व, मकवानपुर, लम्जुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सिन्धुलीका, सिन्धुपाल्चोक, धादिङ र कपिलवस्तुका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ।
थप ६८८ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ६ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयल जनाएको छ ।
योसहित नेपालमा हालसम्म ७ हजार ४ सय ९९ जना उपचारपछि निको भएका छन्।
यसैबिच चारवटा जिल्लामा कोरोना भाइरसको संक्रमित नरहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।
