
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ करोड १७ लाख ८७ हजार ९ सय ५३ पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ४२ हजार ४ सय ६३ पुगेको छ भने निको हुनेको संख्या ६४ लाख १० हजार ७ सय ५१ पुगेको छ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २९ लाख ९१ हजार ३ सय ५१ पुगेका छ भने १ लाख ३१ हजार २ सय ६८ जनाको मृत्यु भइसकेको छ।
यस्तै, ब्राजिलमा संक्रमित संख्या १६ लाख ६८ हजार ५ सय ८९ पुगेको छ भने ६६ हजार ७ सय ४१ संक्रमितको मृत्यु भएको छ।
यता छिमेकी देश भारतमा संक्रमितको संख्या ७ लाख १९ हजार ६ सय ६४ पुगेको छ भने २० हजार १ सय ५९ संक्रमितको मृत्यु भएको छ।
कमेन्ट गर्नुहोस्
