नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

Share:

काठमाडौँ । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

गत असार १० गतेदेखि शुरु भएका बैठक नेकपाभित्र चर्किएको विवादका कारण बैठक स्थगित हुँदै आएको हो ।

विवाद समाधानका लागि दुई अध्यक्ष एक्ला एक्लै छलफलमा छन्। आज दिउँसो ४ बजे पनि दुई नेता बीच कुराकानी हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: