सुनको मूल्यमा नयाँ रेकर्ड, ९२ हजार नाघ्यो

467
0
Share:

काठमाडौँ । सुनको मूल्यले फेरी नयाँ कीर्तिमान बनाएको छ। आज ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो।

हिजो छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार ९१ हजार ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ तोकिएको छ।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाले बढेर ९ सय ८० पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: