छोटो दूरीमा सार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, भाडा भने दोब्बर

Share:

पोखरा । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज प्रेस ब्रिफिङमा सुरक्षाका मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाउने जानकारी दिएका हुन् ।

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने तर अरु सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।

सार्वजनिक यातायातका साधन चलाउन सरकारले सुरक्षाका मापदण्ड निर्धारण गरेको छ जस अनुसार ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् । त्यस्तै सार्वजनिक यातायातका साधनमा आधा सिट मात्र यात्रु चढाउन पाइनेछ भने यात्रुलाई मास्क तथा गाडीको ढोकामा सेनिटाइजन अनिवार्य हुनेछ । चालक तथा सहचालकलाई पनि मास्क र भाइजर अनिवार्य हुनेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ ।

सार्वजनिक यातायातमा आधा यात्रु मात्र चढाउन पाइने भएसँगै गाडी भाडा भने ५० प्रतिशतले वृद्धि हुने पनि जनाइएको छ । तर, ट्याक्सीले भने बढी भाडा लिन नपाउने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: