गण्डकी प्रदेशका ५ जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान गण्डकी प्रदेशका ५ जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्रबार कोरोना पुष्टि हुनेमा तनहुँका ८ जना पुरुष, नवलपुरका २ पुरुष, गोरखा, बाग्लुङ र गोरखाका १/१ जनापुरुष रहेको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ । हालसम्म गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ सय ३३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: