
काठमाडौँ । नेपालमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ११८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८/८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४/४ जना संक्रमित थपिएका छन् ।
बाग्लुङ, नवलपरासी, इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट र दैलेखका २/२ जना तथा गोरखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, बाजुरा, रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर,रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, डोल्पा र सल्यानमा एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ जना पुगेको छ।
हालसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
थप १२० जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा हालसम्म ८ हजार ११ जना उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्। देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जना कोरोना परीक्षण भएको छ।
