पोखराका २ सहित गण्डकीका १४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरा महानगरपालिकाका २ जनासहित गण्डकी प्रदेशका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान पोखरा महानगरका २ पुरुष, बाग्लुङ र स्याङ्जाका ३/३ पुरुष, म्याग्दीका २ पुरुष तथा तनहुँका ४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: