
काठमाडौँ । नेपालमा थप ७० जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै स्याङजा, तनहुँ, सुनसरी, उदयपुर र कञ्चनपुरमा ४/४ जना, बाग्लुङ, काठमाडौं, मोरङ, धादिङ, सर्लाही रसुर्खेतमा ३/३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै कास्की, म्याग्दी, झापा, बाँके, बर्दिया र जुम्लामा २/२ जना, तथा सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ।
थप ४३१ डिस्चार्ज
पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।
