
काठमाडौँ । देशभर अझै केही दिन लगातार वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा तुलनात्मक रुपमा बढी वर्षाको सम्भावना रहेकोे जनाइएको छ ।
वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने तथा डुबान हुने भन्दै सतर्क रहन पनि विभागले आग्रह गरेको छ ।
यस्तै आज देशभर मौसम बदली भइ धेरै स्थानमा पानी परेको र दिनभर पनि मौसम बदली भइ वर्षा हुने जनाएको छ । मनसुनी न्यून चानीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर मौसम बदली भएको हो।
प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
