विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३४ लाख नाघ्यो, ५ लाख ८२ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ करोड ३४ लाख ९४ हजार ७ सय ७१ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट हालसम्म ५ लाख ८२ हजार ५ सय ४७ जनाको मृत्यु भइसकेको छ भने ७५ लाख २२ हजार १ सय ४७ जना निको भइसकेका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३४ लाख ९० हजार ७ सय ३५ पुगेको छ भने १ लाख ३७ हजार २ सय ३५ संक्रमितको मृत्यु भइसकेको छ।

यस्तै ब्राजिलमा संक्रमितको संख्या १९ लाख ६६ हजार ७ सय ४८ पुगेको छ भने ७५ हजार ३ सय ६६ संक्रमितको मृत्यु भइसकेको छ ।

यता भारतमा संक्रमितको संख्या ९ लाख ३६ हजार १ सय ८१ पुगेको छ भने २४ हजार ३ सय ७ संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै रुसमा संक्रमितको संख्या ७ लाख ४५ हजार १ सय ९७ पुगेको छ भने ११ हजार ७ सय ५३ संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: