सिन्धुपाल्चोकमा पहिरोले २ घर पुरिँदा एकको मृत्यु, एकै परिवारका ४ बेपत्ता

Share:

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई वटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका ४ जना बेपत्ता भएका छन्।

गए राति १ः३० बजे वर्षासँगै झरेकोे पहिरोले थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ३४ वर्षकी निमा साङ्मु शेर्पाको मृत्यु भएको हो। उनकी आमा ७० वर्षीया समबुट्टी शेर्पा, बहिनी ३५ वर्षीया सेम्साङ शेर्पा र छोरीहरु १५ वर्षीया याङ्जी र १२ वर्षीया आङ्मु बेपत्ता भएका प्रहरीले जनाएको छ । ज्ञान्जेन भने कामका सिलसिलामा  काठमाडौँमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन्।

पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने स्थानीयले जानकारी दिएका छन् । पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको जनाइएको छ । अहिले बेपत्ता भएकाहरुको प्रहरी र स्थानीयले खोजी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: