रक्तदान तथा दोस्रो पोखरा फोटोग्राफी अवार्ड २०७७ भाद्र ३ गते हुने

Share:

पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्वारा संचालित दोस्रो पोखरा फोटोग्राफी अवार्ड २०७७ यहि भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसको दिनमा हुने भएको छ ।संघको ३९ औं बार्षिकोत्सवको अवसर पारेर आयोजित खुल्ला रक्तदान तथा पोखरा फोटोग्राफी अवार्डघोषणा कार्यक्रम शुक्रबार, पोखरा ४, मानव अधिकार चोकमा सम्पन्न भएको छ ।

अग्रज फोटोग्राफरको सम्मान र प्रतियोगिताको माध्यमबाट सिप तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ गरिदै आएको फोटोग्राफि अवार्ड बिभिन्न बिधाहरुमा प्रदान गर्ने गरिएको छ । संघले २०७५ सालबाट सुरु गरेको अवार्ड हरेक २/२ बर्षको बिश्व फोटो फोटोग्राफी दिवस पारेर वितरण गर्ने गर्दछ ।

संघका अध्यक्ष रविनाथ दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संघका संरक्षक गणेश छवि, गण्डकी फोटोग्राफर संघका अध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिवहरी अधिकारी, पूर्व अध्यक्ष नारायण बाटाजु, नि. अध्यक्ष तुलसीराम सुवेदी लगायतले बोलेका थियो ।

पोखरा फोटोग्राफर संघले हरेक बर्ष श्रावण २ गते बार्षिकोत्सव कार्यक्रम गर्दै आईरहेको र बिगतका बर्षमा जस्तै यस बर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक नन्दकला पौडेलले जानकारी दिइन् । नेपाल रेडक्रस सोसाईटी क्षत्रिय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको संचालन संघका सचिव कपिल सापकोटाले गरेका थिए भने धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन प्रथम उपाध्यक्ष परशुराम आचार्यले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: