
स्याङजा । स्याङजामा पानी राख्ने ड्रम भित्र एक बृद्ध मृत फेला परेका छन् । आज विहान करिब ५ बजे फेदिखोला गाउँपालिका–१ कटुन्जेस्वारामा ६९ वर्षीय गोबिन्द प्रसाद पराजुली मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पराजुली आफ्नै घर र गोठको बिचमा रहेको भैंसीलाई खुवाउने पानी राख्ने २०० लिटरको ड्रम भित्र मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
