
पोखरा । पोखराको डिहिकोपाटनमा स्कुटर र भ्यान आपसमा ठोक्किँदा स्कुटर चालक युवती घाइते भएकी छन् । शनिबार दिउँसो करिब ११ बजे पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा स्कुटर दुर्घटना हुँदा पोखरा–६ लेकसाइड बस्ने २१ वर्षीया सवनम सुवेदी घाइते भएकी हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार सुवेदी सवार ग १६ प ६६०८ नम्बरको स्कुटर र ग २ च १५०२ नम्बरको पानी बोक्ने भ्यानसँग आपसमा ठोक्किँएको थियो ।
घाइते सुवेदीलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको तथा भ्यान र चालक नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
