नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १०३ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै कैलालीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङका ९ जना, डोटीका ७ जना, दैलेखका ५ जना तथा रुकुम पश्चिमका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २/२ जना तथा इलाम, झापा, बारा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान र कञ्चनपुरका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ५०२ जना पुगेको छ।

हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

थप १०३ जना कोरोना संक्रमणमुक्त

विगत २४ घण्टायता थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ डिस्र्चाज भएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म ११ हजार ६३७ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

विगत २४ घण्टायता ३ हजार ३३१ जनाको कोरोनाको पिसिआर परीक्षण भएको छ। हाल २३ हजार २ सय ७५ जना क्वारिन्टीनमा छन् भने ५ हजार ८२५ जना आइसोलेसनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: