गण्डकी प्रदेशमा कोरोना संक्रमित १ हजार ३ सय २ पुगे

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ । प्रदेशमा आज आइतबार २४ जना नयाँ संक्रमित थपिए सँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ३ सय २ पुगेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरका ६ जना र लमजुङका ६ जना गरी थप १२ जनामा संक्रमण पुष्टि भएको वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस्तै आज बिहान मात्रै क्षयरोग उपचार केन्द्र पोखरामा पीसीआर परिक्षणमा गर्दा पर्वतका २ जना, बाग्लुङका २ जना, स्याङजाका २ जना र म्याग्दीका ६ जना गरी गण्डकी प्रदेशमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: