पोखराका ८ सहित गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरा महानगरपालिकाका ८ जनासहित गण्डकी प्रदेशमा सोमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान क्षयरोग उपचार केन्द्र पोखरामा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको पीसीआर परिक्षणमा कास्की सहित ४ जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ६ जना पुरुष र २ जना महिला रहेका छन् ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ जना र भानु नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै स्याङ्जाको गल्याङ नगरपालिकाका १ जना पुरुष र लमजुङको सुन्दरबजार नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय १७ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म १००४ संक्रमित भने उपचार पछि निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: