पोखरा । तनहुँको डुम्रे–बेसीँशहर सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण भानु नगरपालिका–३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिरोले उक्त सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको हो ।
निरन्तर वर्षा भएकाले पहिरो हटाउन केही समय लाग्ने प्रहरीले जनाइएको छ ।
यस्तै वर्षाका कारण पहिरोले तनहुँको ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ पनि अवरुद्ध भएको छ । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरो खसेर सडक अवरुद्ध बनेको छ । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिरोका कारण अवरुद्ध भएको छ ।
कमेन्ट गर्नुहोस्
