२४ घण्टायता थप १८६ जनामा कोरोना संक्रमण, १७३ संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप १८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना थपिएका छन् ।

यस्तै डोटीका ४० जना, सर्लाहीका २३ जना, सप्तरीका ९ जना, कास्कीका ८ जना, रुकुम पूर्वका ७ जना, दाङ र सुनसरीका ६/६ जना पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४/४ जना, झापा र सल्यानका ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काठमाडौँ, धनुषा, बाँके, तनहुँ, र दैलेखका २/२ जना तथा स्याङ्जा, इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट, र कैलालीका एकएक जनामा संक्रमण देखिएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ८४४ जना पुगेको छ।

थप १७३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

विगत २४ घण्टायता देशका २७ प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। हाल आइसोलेसनमा २२ हजार २ सय २८ जना छन् भने ५ हजार ९ सय ३६ जना कोरोना संक्रमित उपचाररत छन्।

हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको भने मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: