धादिङमा झन्डै डेढ दर्जन ठाउँमा पहिरोः पृथ्वी राजमार्गको पुल भत्कियो, १ जना बेपत्ता दुई घाइते

Share:

धादिङ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । पृथ्वीराजमार्गको बैरेनी, चालिसे, छहरे लगायतको क्षेत्रमा राजमार्ग भन्दा माथिबाट लेते आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध भएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका १० मा मोवाखोलाको पुल छेउमा सडक भासिएको छ । खोला नजिकका तीन वटा घर समेत बगाएको बताइएको छ । सो वडाका वडाध्यक्ष अम्बरबहादुर गुरुङ, नवराज मगर, आशबहादुर गुरुङको घर बाढीले बगाएको हो ।

यस्तै पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।

गजुरी गाउँपालिका– २ मा पहिरोले ६ घरमा क्षति भएको प्रहरीले जनाएको छ । एक जना बेपत्ता र एक जना घाइते भएका छन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।

त्यस्तै धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: