
तनहुँ । पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ । आज (सोमबार) दिउँसो करिब २ः३० बजे भानु नगरपालिका–९ सिमगैरामा पहिरोमा पुरिएर ८० वर्षीया तिलमाया धराली र १७ वर्षीया त्रिप्सा धरालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले स्थानीय महिन्द्र धरालीको घर बगाउँदा उनको आमासहित छोरी त्रिप्सा धराली पुरिएका थिए । पहिरोबाट प्रहरीले त्रिप्सा धरालीको जिउदै उद्धार गरे पनि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएकोे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । तिलमाया धरालीको शव भने प्रहरी र स्थानीय मिलेर निकालेको जनाइएको छ ।
यस्तै परेको अबिरल वर्षाको गएको पहिरोका कारण जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका ८ वटा घर जोखिममा रहेको जनाइएको छ । ८ घरमा बस्ने ३६ जना मानिसहरुलाई सोही ठाउँमा रहेको शुक्ला आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको र घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा घरहरु भन्दा तलबाट पहिरो गएको छ ।
