
धादिङ । पहिरोले पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
केही दिनयता परेको अविरल वर्षाका कारण मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस्
