स्याङ्जामा पहिरोले घर पुरिँदा आमाको मृत्यु छोरी घाइते

Share:

स्याङजा । स्याङजामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गल्याङ नगरपालिका वडा नम्बर १० मा आमा छोरी बस्दै आएको घर पहिरोले पुरिँदा आमा ५२ बर्षिया माया सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोमा परी उनकी छोरी नारायणी घाईते भएकी छन् । अहिले घाईते नारायणीको जिल्लामै उपचार भइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: