नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएकोे छ। यो सँगै नेपालमा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ ।

बुधबार मृत्यु भएका एक जना धनुषाका स्थायी बासिन्दा हुन् भने अर्का एक जना चिनियाँ नागरिक हुन् ।

धनुषाको महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको हो । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिकको पनि मृत्यु भएको छ । पोखरामा कार्यरत चिनियाँ नागरिक स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी थिइन् । उनलाई थप उपचारका लागि साउन २ मा हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको थियो ।

परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको र उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ। संक्रमित मध्य १२ हजार ६८४ उपचारपछि निको भएका छन्।

हाल ५ हजार ३ सय ७० जना सक्रिय संक्रमित रहेका छन् भने २० हजार ८४२ जना क्वारिन्टीनमा रहेका छन् ।

विगत २४ घण्टायता ३ हजार ७७९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
।

कमेन्ट गर्नुहोस्
Share: