स्याङ्जामा जीपबाट खसेर एक युवकको मृत्यु

Share:

स्याङ्जा । स्याङ्जामा जीपबाट खसेर एक युवकको मृत्यु भएको छ ।

आज विहान करिब ९ बजे जीपबाट खसेर गम्भीर घाइते भएका पाल्पाको रम्भा गाउँपालिका–४ बस्ने १६ वर्षीय मनबहादुर सारूको उपचारका क्रममा मृत्यु भएको हो ।

सारु स्याङ्जाको भीरकोट–४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियाशीबाट बयरघारीतर्फ जाँदै गरेको ग१ज ७४४५ नम्बरको जीपको पछाडिको ढालाबाट खसेर गम्भीर घाइते भएका थिए ।

घाइते सारूको उपचारका लागि गह्रौँ प्राथमिक अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जीप चालक र जीपलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: