मौसमः देशभर बदली,केही स्थानमा भारी वर्षाको सम्भावना

Share:

पोखरा । देशभरको मौसम आज (बिहीबार) दिनभर सामान्य बदली रही केही ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा पश्चिमी नेपालबाट दक्षिणमा सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिकै रहेकाले आज पनि केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने तथा पानी निकास नहुने ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: