नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन, मौवा खोला पुलको काम तीव्र

Share:

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्‍चालनमा आएको छ ।  लगातारको वर्षासँगै १६ किलोमा झरेको पहिरो हटाएपछि बुधबार बेलुका पौने ८ बजेदेखि नै बाटो एकतर्फी सञ्चालन भएको हो ।

राति पहिरो नझरेकाले अहिले पनि एकतर्फी रुपमा गाडी चलिरहेको छ । दुई तर्फ नै गाडी सञ्चालन गर्न भने समय लाग्ने बताइएको छ ।

मौवा खोलाको भत्किएको पुल मर्मतको काम भने जारी छ । खोलाले बताएको एप्रोच सडकको काम तीव्र गतिमा भइरहेको छ ।

मौसम अनुकुल रहेमा शनिबार दिउँसोसम्ममा मोवा खोलाको मर्मत कार्य सम्पन्न गरी मुग्लिन–मलेखु–नौबिसे सडक पनि सुचारु गर्ने योजना रहेको आयोजनाले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: