भारतमा एकैदिन थपिए ४५ हजार बढी कोरोना संक्रमित

Share:

काठमाडौँ । भारतमा गएको २४ घण्टामा ४५ हजार ५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । यो एकैदिन थपिने संक्रमितमा अहिलेसम्मकै धेरै हो ।

यससँगै भारतमा संक्रमितको संख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २ सय ६६ जना निको भएका छन् भने २९ हजार ८ सय ९० संक्रमितको मृत्यु भएको छ । त्यहाँ गएको २४ घण्टामा मात्रै १ हजार १ सय २० संक्रमितको मृत्यु भएको हो ।

भारत विश्वकै तेस्रो धेरै तथा एशियामा सबैभन्दा बढी संक्रमित भएका देशको सूचीमा छ ।

यस्तै सबैभन्दा धेरै प्रभावित अमेरिकामा, संक्रमितको संख्या ४१ लाख ४१ लाख ८ सय ७५ पुगेको छ । त्यहाँ १ लाख ४६ हजार १ सय ८३ संक्रमितको भने मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा संक्रमित संख्या २२ लाख ३१ हजार ८ सय ७१ पुगेको भने त्यहाँ ८२ हजार ८ सय ९० संक्रमितको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: