सुनको मुल्यमा फेरि पनि नयाँ रेकड

Share:

काठमाडौँ । सुनको मुल्यले आज (बिहीबार) पनि नयाँ रेकर्ड राखेको छ । बिहीबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मुल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मुल्उ तोलाको ९४ हजार ६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो भने तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको थियो ।

यसैगरी चाँदीको मुल्य पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ४५ रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको हो ।

कमेन्ट गर्नुहोस्
Share: