
पोखरा । पोखराका २ सहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार कास्की र पर्वतका २(२ तथा स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएकोे छ ।
कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका २५ र २८ वर्षका २ पुरुष, पर्वतको मोदी गाउँपालिकाका २५ वर्षीय पुरुष र ३१ वर्षीया महिला तथा स्याङ्जाको चापाकोट गाउँपालिकाको २८ वर्षीय पुरुष रहेका छन् ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५० पुगेको छ ।
प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या पनि १ हजार ९१ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
