२४ घण्टायता थप १४७ जनामा कोरोना पुष्टि, १५६ संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप १ सय ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक सबै भन्दा धेरै कञ्चनपुरमा ३० जना संक्रमित थपिएका छन् ।

यस्तै दैलेखमा २४ जना, पर्साका १७ जना, रुपन्देहीका १३ जना, मोरङका ८ जना, सप्तरी र डोटीका ७/७ जना, काठमाडौँ र सुर्खेतका ५/५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै पर्वतका ३ जना, धनकुटा, सुनसरी, सिराहा, भक्तपुर, ललितपुर, कास्की, प्युठान, डडेलधुरा र कैलालीका २/२ जना तथा झापा, महोत्तरी, स्याङ्जा, नवलपरासी, सल्यान र बझाङका एक/एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १८ हजार २४१ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ८४० उपचारपछि निको भएका छन्।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: