लामे–दाद्रा प्ल्होन्मे रिच्हमीको उद्घोषण तालिम सम्पन्न

Share:

पोखरा। पर्वत चारभञ्ज्याङ अन्तर्गत लामे–दाद्रा प्ल्होन्मे रिच्हमी परिवारद्वारा आयोजित पाँचदिने उद्घोषण कला÷बोल्ने कला तालिम सम्पन्न भएको छ। कोभिड–१९ कोरोना भाइरसको महामारी र लामो लकडाउनका कारण घरमै उकुस मुकुसको अवस्थामा बस्नुपरिरहेका दिदीबहिनीहरुलाई मानसिक तनावबाट मुक्त गराउनुका साथै महिला सशक्तिकरणका लागि व्यक्तित्व विकाश आवाश्यकता महसुस गरी चारभञ्ज्याङ तमु समाज भवनमा आयोजित उद्घोषण कला÷बोल्ने कला तालिम मंगलवार समापन गरिएको हो।

समापन कार्यक्रममा तालिम अत्यन्तै उपलब्धिमुलक रहेको सहभागीहरुको भनाई थियो भने अतिथिहरुले उदाहरणीय कार्यक्रम भन्दै प्रशंसा गरेका थिए। समापन कार्यक्रमका प्रमुख अतिथि चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष प्रदिपकुमार गुरुङले लामे–दाद्रा प्ल्होन्मे रिच्हमी परिवारले कोरोनाका कारण विश्वनै अवस्थामा रहेको बेला उदाहरणीय तालिम सम्पन्न गरेको भन्दै प्रशंसा गर्नुभयो। दिदिबहिनीहरुलाई मानसिक तनाबबाट मुक्त र व्यक्तित्व विकासका लागि पाँच दिने तालिम उपलब्धिमुलक बनेको सहभागीहरुको प्रस्तुतिबाट प्रष्ट भएको बताए । उनले समापन कार्यक्रमको खाजा सहयोग घोषणा गरेका थिए ।

कार्यक्रमका अतिथिहरु समाजका सचिव माओत्सेतुङ गुरुङ, कोषाध्यक्ष क्या.ठाकुरप्रसाद गुरुङ, तालिमका प्रशिक्षक तमु धिं नेपालका कार्यबाहक अध्यक्ष, चारभञ्ज्याङ तमु समाजका संस्थापक एवम सल्लाहकार, कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङले लामे–दाद्रा प्ल्होन्मे रिच्हमी परिवारले चारभञ्ज्याङ तमु समाज पोखराको इतिहासमै पहिलो पटक उद्घोषण तालिम सम्पन्न गरेकोमा बधाईका साथै आगामी दिनमा रिच्हमी परिवारको थप क्रियाशीलतासँग अब समाजले पनि महिला सशक्तिकरणका लागि नियमित केही न केही कार्यक्रम गर्नुपर्ने सन्देश दिएको बताएका थिए ।

कार्यक्रममा पाँच दिने तालिमको अनुभव व्यक्त गर्नुहुदै प्रशिक्षार्थीहरु ज्ञानु गुरुङ, सोनी गुरुङ र प्रयुसी गुरुङले तालिम अत्यन्तै उपलब्धिमुलक रहेको भन्दै आफुहरुले व्यवहारमा प्रयोग गर्ने बताए । न कहिल्यै माइकमा बोलेका थियौं, न कहिल्यै कार्यक्रमको मञ्चमै उक्लेका थियौं तर पाँचदिने प्रशिक्षणले ढुक्कसँग आफ्नो विचार कार्यक्रमहरु राख्न सक्ने भएको भन्दै आयोजक र प्रशिक्षकलाई धन्यवाद व्यक्त गरे ।

पोखरा–९, नयाँबजार सिद्धमार्ग स्थित चारभञ्ज्याङ तमु समाजमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि प्रदिपकुमार गुरुङ र प्रशिक्षक हुमबहादुर गुरुङलाई आयोजकका तर्फबाट रिच्हमीका अध्यक्ष गंगा गुरुङले मायाको चिनो प्रदान गर्दै सम्मान गरेकी थिइन् ।

लामे–दाद्रा प्ल्होन्मे रिच्हमी परिवारकी अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा आरती गुरुङले स्वागत र रिच्हमी परिवारकी सचिव बिना गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: