सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

Share:

काठमाडौँ । सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । एकैदिन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढको हो ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हालसम्मकै महँगो भएको हो। बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: