गोरखामा एक वृद्धा मृत फेला

Share:

गोरखा । गोरखामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । बिहीबार शहिद लखन गाउँपालिका(३ हटिया बस्ने ७२ वर्षीया कृष्ण कुमारी आले मृत फेला परेकी हुन् ।

आले बिहीबार विहान ०८:३० बजे खेतमा जान्छु भनि हिडेकोमा बेलुका २०:३० बजे सम्म घर तथा आफन्तको सम्पर्कमा नआएपछि आफन्तले २०:३५ बजे प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगातै खटिएको प्रहरी टोलिले खोज्दै जाने क्रममा ०९:१० बजे घर देखि अन्दाजी २ कि.मि. दक्षिण खेतको बारीमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: