
गोरखा । गोरखामा गएराति परेको अविरल बर्षाका कारण आएको बाढीले बगाएर एक वृद्ध वेपत्ता भएका छन् ।
गोरखाको चुमनुब्री गाउँपालिका–३ फाक्पा स्थित सानो फिलिम र फिलिमको बिचमा रहेको तिसेङ खोला (ठाडो खोला) को पानी एक्कासी बढेर आएको बाढीले स्थानिय ७६ वर्षीय कान्छा गुरुङ वेपत्ता भएका हुन् ।
गुरुङ सोही ठाउँमा अस्थाई गोठ बनाई बस्दै आएका थिए । प्रहरीका अनुसार बाढीले उक्त गोठसहित गुरुङलाई बगाएको हो ।
उक्त स्थानमा आज विहानै देखि प्रहरी टोली खटिई खोजिकार्य गरिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
