गोरखाको नौलीखोला पहिरोले थुनियो

Share:

गोरखा । पहिरोका कारण बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ। धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको स्थानीयबासीले जानकारी दिएका छन्।

गएराती गएको पहिरोले खोला पूरै थुनिएपछि पानीले निकास नपाएर ठूलो ताल बनिसकेको बताएको छ ।

नदी थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा परेको छ ।

अहिले जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको र उक्त क्षेत्रमा अहिले पैदल आउजाउ पनि बन्द गरिएको बताइएको छ । घटनास्थलमा सेना र प्रहरी परिचालन भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: