नारायणगढ–मुग्लिङ सडकखण्डमा ठूला गाडी पनि गुड्न थाले

568
0
Share:

काठमाडौँ । पहिरोका कारण बन्द रहेको नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर बाटो बनाइएकाले उक्त सडकखण्डमा गाडी चल्न थालेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो खसेपछि हिजो बिहानदेखि अवरुद्ध सडक रातिदेखि दुईतर्फी नै खुलेको हो ।

यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्डमा एकतर्फी रुपमा गाडी चल्न थालेका छन् । पहिरोका कारण बन्द यो सडकखण्ड गए रातिदेखि एकतर्फी रुपमा खुलेको हो ।

हिजो दिउँसोदेखि साना गाडी चल्न थालेको यो सडकखण्डमा रातिदेखि भने ठूला र सामान बोकेका गाडी पनि एकतर्फी रुपमा आलोपालो गरी चल्न थालेका प्रहरीले जनाएको छ ।

मौवाखोलामा रहेको पुलको केही भाग मर्मतपछि रातिदेखि सामान बोकेका र ठूला गाडी पनि चल्न थालेका हुन् । अहिले पनि मर्मतको काम भने चलिरहेको छ ।

धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: