भारतबाट आएर होम क्वारेन्टीनमा बसेका पोखराका एकजनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरा महानगरपालिकाका थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएर पोखरा १८ स्थित आफ्नै घरमा होम क्वारेन्टीनमा बसेका २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको साउन ८ गते स्वाब परीक्षण गरिएकोमा शनिबार रिपोर्ट कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । उनि घरमा आएर एक्लै सुरक्षित तवरले बसेका थिए ।

उनमा कोरोनाको लक्षण केहि नदेखिएको र अवस्था सामान्य रहेको जनाइएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १३६१ पुगेको छ । कास्कीमा भने कुल संक्रमितको संख्या १०७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: