नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, थप १०६ जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप १ सय ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अनुसार सबैभन्दा धेरै डोटीमा १३ जना संक्रमित थपिएका छन् ।

यस्तै सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५ जना, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, अछाम, दैलेख र बैतडीमा ३/३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काठमाडौँ, बाँके, बर्दिया र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, तनहुँ र हुम्लामा एकएक जनामा पनि कोरोना देखिएको छ ।

पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ। हाल ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा ४ हजार ७५ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

थप १०६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

देशका विभिन्न स्थानका आइसोलेसन सेन्टर तथा अस्पतालबाट संक्रमणमुक्त भई डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म १३ हजार ५३ उपचारपछि निको भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: