
काठमाडौँ । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाराको परवानीपुर–८ की १७ वर्षीया किशोरीको मृत्यु भएको हो।
ती किशोरीको नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
जापानिज इन्सेफ्लाइटिसको आंशकामा वीरगञ्ज हेल्थ केयर सेन्टरमा उपचाररत उनको आरडिटी पोजिटिभ देखिएपछि शुक्रबार बिहान ९ बजे नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा रेफर गरिएको थियो। त्यहाँ उपचार सुरु गरिएको केही क्षणमा नै मृत्यु उनको भएको बताइएको छ ।
ती किशोरीलाई खाला लाग्ने, जिउ काम्ने तथौ स्वास प्रश्वासमा पनि समस्या देखिएको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका काराण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।
कमेन्ट गर्नुहोस्
