पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध

486
0
Share:

बुटवल । अविरल वर्षका कारण तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ नगरपालिकामा पर्ने झुम्पा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खसेको हो । पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

अहिले उक्त सडकखण्ड भएर गुडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: